Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
जनकपुरधाम – एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले काँग्रेस र एमालेसँग शनिबार बिहान राजनीतिक गतिरोध अन्त्यका लागि विघटित संविधानसभा पुनःस्थापनाबारे छलफल भएको बताएका छन् ।
जनकपुर विमानस्थलमा शनिबार बिहान सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष दाहालले भने,‘गम्भीरतापूर्वक विवादित विषयमा केन्द्रीत भएर छलफल भएको छ र ती विषयमा एमाले र काँग्रेस पनि सहमतिमा आउने सम्भावना बनेको छ ।’
राष्ट्रिय सहमतिको सरकारमा विवाद छैन यसका लागि तीन दलबीच सहमति आवश्यक भएको बताउँदै उनले कांग्रेस र एमालेसँग भइरहेको कुराकानी टुङ्गोमा पुग्न लागेको छ भने ।
दाहालले ती दलहरुबीच एक–दुई दिनमै सहमति हुने बताए उनले सहमति नभए ताजा जनादेशका लागि निर्वाचनमा जानेबारे छलफल हुने जनाए  ।
पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रममा भाग लिन यहाँ आएका दाहालले सञ्चारकर्मीको प्रश्नको जवाफमा राष्ट्रपतिले अत्यावश्यक विधेयकबारे केही नबोलेर गतिरोध अन्त्य गरी सहमति खोज्न चाहेको स्पष्ट पारे । ***
तपाईको प्रतिक्रिया