Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024
काठमाडौं– मकै र भटमासको उत्पादनमा ५० प्रतिशत गिरावट आएका कारण ब्रोइलर कुखुराको मासुको मूल्य अझै बढ्न सक्ने देखिएको छ ।
कुखुराले खाने दानामा प्रयोग हुने मकै र भटमास चर्को मूल्यमा भारतबाट आयात गर्नुपर्ने बाध्यताले नेपालमा ब्रोइलर कुखुराको मासुको मूल्य बढ्ने गरेको दाना उत्पादक सङ्घका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले बताउनुभयो ।
दानाको मूल्य अत्यधिक बढेका कारण कुखुरापालक कृषकको आकर्षण मन्द गतिमा घटिरहेकाले बजारमा पर्याप्त कुखुरा नपाइएकाले समेत मासुको मूल्यमा बढोत्तरी भएको उहाँले स्वीकार्नुभयो ।
गत साउन महिनामा प्रतिकेजी रु २५० मा बिक्री हुँदैआएको ब्रोइलर कुखुराको मासुको खुद्रा मूल्य रु ५० देखि रु ५५ बढ्न गई हाल ३१० देखि ३१५ मा बिक्री वितरण भइरहेको छ । नेपालमा काठमाडौं,  भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा दैनिक दुई लाख ५० हजार केजी मासु खपत हुने गरेको छ भने काठमाडौं उपत्यकाबाहिर दैनिक एक लाख केजी मासु खपत हुने गर्छ ।
दानाको मूल्यमा आकस्मिक मूल्य वृद्धि भएकै कारण मासुको उपभोक्ता मूल्य बढाउन बाध्य भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अध्यक्ष जङ्गबहादुर बिसीले बताउनुभयो ।  गत सातादेखि नै बजारमा ब्रोइलर कुखुराको मासु प्रतिकेजी खुद्रा रु ३१० देखि ३१५ सम्म बिक्रीवितरण गर्ने प्रबन्ध मिलाइएको जानकारी अध्यक्ष बिसीले दिनुभयो ।
किसानले भने जिउँदो कुखुरा प्रतिकेजी रु १८५ देखि १९५ सम्ममा बिक्री गर्दैआएका छन् । उत्पादनमा सबैभन्दा धेरै मर्का किसानलाई परेको अध्यक्ष बिसीले बताउनुभयो ।
स्वदेशमै उत्पादन हुनसक्ने मकै र भटमासमा समेत नेपाल आत्मनिर्भर हुने सकेको छैन भने अन्य अधिकांश कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने बाध्यताले नेपाली बजारमा कुखुराको मासुको मूल्य बढ्न गएको बताइन्छ ।  दाना उद्योगी व्यवसायीले भटमासको पिनामा भने प्रतिकेजी रु ५० बढी तिर्नुपर्ने भएको छ । आजभन्दा चार महिनाअघि दाना व्यवसायीले सोही पिनाको मूल्य भने रु ३५ मा खरिद गर्दैआएका थिए ।
दाना उत्पादन गर्न आवश्यक पर्ने मकै, भटमासको पिना, हड्डी र माछाको सिद्रा भारतबाटै आयात गर्नुपर्ने नेपाली उद्यमीको बाध्यता भएकाले दानाको मूल्यमा उतारचढाब आइरहने बताइन्छ ।
कुनै बेला कुखुरापालनमा निकै हौसिएका र प्रशस्त लाभ बटुलिसकेका किसान दानाको मूल्यमा भारी वृद्धिका कारण व्यवसायबाट अलग भई गाईपालनतर्फ आकर्षित हुन थालेको पाइन्छ ।  कुखुरा पाल्न थालेको दिनदेखि नै तनाब बेहोर्नुपरेका कारण आफू गाईपालन गर्ने सोचमा पुगेको हरि दाहालले बताउनुभयो । कुखुरा पाल्दा चल्ला मर्ने, दाना महँगो हुने, मासुको मूल्य भने जति नपाइने र बेलाबखतमा बर्डफ्लुको हल्लाले सस्तो मूल्यमा कुखुरा बिक्री गर्नुपर्ने भएकाले कुखुरा पाल्ने सोच हराएको छ–उहाँले थप्नुभयो ।
नेपालमा सबै प्रकारका कुखुराका लागि दैनिक एक हजार ५०० टन दाना खपत हुने गर्छ तर सोही दाना आजभन्दा चार महिना पहिले दुई हजार २०० टन उत्पादन हुने गर्थ्यो ।
तपाईको प्रतिक्रिया