‘सहमति भए एक मिनेटमै छाड्छु’
मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले दलहरुको सहमति कार्यान्वयन गर्ने निकाय सरकार भएकाले सहमति भए राजीनामा दिने बताए ।
प्रधानमन्त्रीले संघीयताविरोधीका कारण संविधानसभा विघटन भए पनि आफ्नो कार्यकालमा शान्ति प्रक्रिया पूरा भएको उल्लेख गरे ।
प्रधानमन्त्रीले सम्बोधनमा शान्ति प्रक्रियामा तत्कालिन माओवादीका उपाध्यक्ष मोहन वैद्य समूहको भूमिकाबारे पनि रोष प्रकट गरे । उनले वैद्य समूहलाई ‘संकिर्णतावादी तप्का’को संज्ञा दिएका छन् ।
प्रधानमन्त्री भट्टराईले संविधानसभाबाट संविधान लेख्न नदिन पहिल्यैदेखि खेल भइरहेको बताए । तर कस्तो खेल खुलाएनन् । संविधानसभा विघटनमा एमाओवादीले सकेसम्म पहल गरेको बताउँदै उनले तर कसिएका मुठ्ठीसँग हात मिलाउन नसकिएको उल्लेख गरे । ***