Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024
अब गेस्टहाउसको कोठा दिन्नौं : सञ्चालक
काठमाडौं- विद्यालय/कलेजको पोसाकमा आउने युवालाई बागबजार क्षेत्रमा गेस्ट हाउसहरुले कोठा नदिने भएका छन्।  नेपाल गेस्टहाउस व्यवसायी सङ्घले आज आचार संहिता जारी गर्दै यस्तो व्यवस्था गरिएको बताएको हो।
गेस्ट हाउसहरुमा पटकपटक हुने यौनजन्य क्रियाकलाप न्यून गर्ने उद्देश्यले बागबजार क्षेत्रका गेस्टहाउसमा यस्तो आचारसंहिता लागू गर्ने भएका हुन्। नेपाल गेस्टहाउस व्यवसायी सङ्घद्वारा आइतवार काठमाडौंमा आयोजित अन्तर्क्रियामा विशेष गरी बागबजार क्षेत्रमा यौनजन्य क्रियाकलाप भइरहेको भन्ने गुनासोलाई सम्बोधन गर्ने गरी सातबुँदे आचारसंहिता ल्याइएको छ।
आचारसंहितामा कोठामा बस्नुअघि हरेक पाहुनाको सम्पर्क नम्बरसहित स्पष्ट परिचय खुल्ने गरी नाम दर्ता गराउनुपर्ने, यौन विकृतिमा लागेका तथा लागुऔषधका दुव्र्यसनी, टोल क्षेत्रमा आतङ्क मच्चाउने जो कोहीलाई कोठा नदिइने उल्लेख छ ।
होटल तथा लजमा पाहुना बसेपछि उनीहरुले पालना गर्नुपर्ने नियम बुँदागतरुपमा लेखेर सूचना पाटीमा राख्ने, आफूले गरेको पेसाप्रति आफूलाई गर्व महसुस हुने वातावरण बनाउने पनि आचारसंहितामा उल्लेख गरिएको छ । आचारसंहितामा सुरक्षा निकायबाट हुने जाँचलाई सहयोग पुर्‍याउने र समय समयमा हुने आपराधिक घटनालाई ध्यानमा राखी ‘कुन प्रहरी अफिसर’को नेतृत्वमा आएको हो, जाँच गरेको हस्ताक्षर गराउने र व्यवसायीले आचारसंहिताको पूर्णरुपमा पालना गर्नुपर्ने उल्लेख छ । बागबजार क्षेत्रमा मात्रै करिब ६० गेस्ट हाउस छन् ।
अन्तर्क्रियामा काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापितले वर्तमान समाज समयसापेक्ष चलिरहेकाले यौन व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न कठिनाइ भएको भन्दै यौन व्यवसायीलाई पुनःस्थापना गर्न उचित स्थानको आवश्यकता रहेको औँल्याए। उनले एक्काइसौँ शताब्दीको वर्तमान समाजका युवाले प्रेम साट्ने उचित स्थानको अभावमा यौनजन्य क्रियाकलापले उग्ररुप लिएकाले मर्यादित बनाउन उचित स्थानको खोजी भइरहेको र चाँडै युवालाई लक्ष्य गरी पार्क बनाइने जानकारी दिए ।
महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख जयबहादुर चन्दले मुलुकको नियमकानुनले यौन व्यवसायलाई मान्यता नदिएकाले यौनकर्मीले सुरक्षित स्थानका रुपमा गेस्टहाउसलाई प्रयोग गर्ने गरेकाले त्यस्ता गतिविधिको रोक्नु सबैको साझा दायित्व भएको बताए। ***
तपाईको प्रतिक्रिया