कास्की- पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारले उदासिन देखाएपछि पोखरेली आफैँले सांकेतिक रूपमा निर्माणको काम थाल्ने भएका छन् ।
पोखरा विमानस्थल निर्माणको कार्य तत्काल थाल्न चरणबद्ध आन्दोलनमा उत्रिएका पोखरेलीले विमानस्थल निर्माणको काम थाल्ने भएका हुन् ।
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै सुरु भएको रिले अनशन आज (आइतबार) पनि जारी छ । विमानस्थल निर्माण सरोकार समितिले पोखरा विमानस्थलअगाडि बिहानैदेखि धर्ना र अनशन सुरु गरेको हो ।