Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक २५, २०८१
Sunday, November 10, 2024

काठमाडौं – प्रधानमन्त्री बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले संसद नभएको बेला अध्यादेश ल्याउनु संवैधानिक बाटो भएको भन्दै फेरि पनि राष्ट्रपतिले अध्यादेश रोके सडकबाट प्रतिबाद गर्ने बताएका छन् ।

उनले राष्ट्रपतिलाई कांग्रेस र एमाले लगायतका सानो झुण्डको मात्र राष्ट्रपति नबन्न सचेत गराउंदै राष्ट्रपतिलाई सानो झुण्डले उचारेर उचालिने र फकाएपछि फकिने राष्ट्रपति नहुन पनि सेचत गराएका छन् ।

रिपोर्ट्स क्लब नेपालले शनिवार राजधानीमा आयोजना गरेको साक्षात्कारमा पौडेलले आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले अध्यादेश ल्याउन लागेको बताए । उनले यसअघि राष्ट्रपतिले अस्विकार गरेको निर्वाचनसम्बन्धी दुई अध्यादेशसमेत ल्याउने तयारी भईरहेको खुलासा गरेका छन् । पौडेलले प्रधानमन्त्री नरहे राष्ट्रपति पनि रहन नसक्ने भन्दै राष्ट्रपतिलाई जबरजस्ती विवादमा ल्याएर प्रतिपक्षहरुले सिष्टमलाई नै ध्वस्त बनाउने योजनामा लागेको आशंका ब्यक्त गरे । ***

सो अवसरमा उनले राष्ट्रपतिलाई कांग्रेस र एमाले लगायतका सानो झुण्डको मात्र राष्ट्रपति नबन्न सचेत गराए । राष्ट्रपतिलाई उचाले ६२-६३ को जनआन्दोलनको उपलब्धी र लोकतन्त्र समाप्त हुने चेतावनी दिँदै पौडेलले आफूहरुले राष्ट्रपतिलाई आफ्नो हैसियतमा बस्न बाध्य बनाउने ठोकुवा पनि गरे । ***

तपाईको प्रतिक्रिया