काठमाडौं– भारतको मुम्बईमा बिहीबारदेखि ‘इन्डियन इन्टरनेसनल जेम्स एन्ड ज्वेलरी’ प्रदर्शनी सुरु हुँदैछ । प्रदर्शनीमा भाग लिन नेपाल सुनचाँदी व्यवसायी सङ्घको एक प्रतिनिधिमण्डल बुधबार नै मुम्बई पुगेको छ ।
मुम्बईको अधेरीस्थित गुरुगाउँमा हुने सो प्रदर्शनीमा भाग लिन सङ्घका वरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्यको नेतृत्वमा १७ सदस्यीय प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको सङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
एक हप्तासम्म सञ्चालन हुने सो प्रदर्शनीमा करिब २५ देशका सुनचाँदी, हिरा, जवाहरत व्यवसायीहरूको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।