गौर– रौतहट जिल्लाको जयनगर गाविसमा गए राति एक महिलाको खुकुरी प्रहार गरी हत्या गरिएको छ ।
राति घरमा सुतिरहेको अवस्थामा जयनगर– ७ निवासी ५० वर्षिया श्रीमती रहना खातुनको अज्ञात समूहले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न भएको अभियोगमा भारत सिसवा परिहार निवासी शेष ओजाहद र लौकाहा– ४ निवासी लाल महम्मदलाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खातुनको नाउँमा पाँच बिघा जग्गा रहेकाले त्यसको लोभमा हत्या भएको हुनसक्ने अशङ्का गरिएको छ ।