Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक २५, २०८१
Sunday, November 10, 2024
काठमाडौं- नवनायिकालाई कसरी पेलिन्छ भन्ने उदाहरण बनेको छ । निर्देशक सुरेशदर्पण पोखरेलको फिल्म थ्री लभर्समा ।
फिल्मको सुन्तली माई गीतमा उनले नायिकालाई अश्लील पहिरनमा प्रस्तुत गरेका छन्, जहाँ अभिनेत्री स्नेहा शर्माको शरीरको तल्लो भागको भित्री पहिरन प्रस्टै देखाइएको छ । तल्लो एंगलबाट क्यामेरा लगाएर वानपिसमा सजिएकी स्नेहाले लगाएको कालो रंगको भित्री पहिरन पटकपटक हाइलाइट गरिएको छ । स्नेहा नयाँ अनुहार हुन् ।
सुरेश निर्माता संघको प्रतिनिधिका रूपमा नेपाल चलचित्र विकास बोर्डद्वारा गठित स्क्रिप्ट अध्ययन समितिको सदस्य बनेका हुन् । संघले पनि अश्लील शैलीका चलचित्रले समग्रमा चलचित्र उद्योगलाई माथि नउठाउने धारणा सार्वजनिक गर्दै आएको छ ।
सोही गीतमा अभिनय गरेकी नायिका प्रियंका कार्कीको भने त्यस्तो दृश्य छैन । स्नेहा नयाँ अनुहार भएको फाइदा उठाउँदै सुरेशले नियतवश त्यस्तो दृश्य खिचाएको अनुमान लगाउन सकिन्छ । करिब चार मिनेटको गीतमा क्यामरा घुमाइ-घुमाइ पटकपटक खिचिएको छ, स्नेहाको कालो अन्डरगार्मेन्ट ।
तपाईको प्रतिक्रिया