Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक २६, २०८१
Monday, November 11, 2024
टोकियो- विवादित द्वीपका विषयमा समस्या समाधान गर्न अन्तर्राष्ट्रिय अदालतमा जान जापानले औपचारिक रूपमा राखेको प्रस्तावलाई दक्षिण कोरियाले मङ्गलबार अस्वीकार गरेको छ ।
उक्त प्रस्ताव जापानले सोलस्थित दूतावासमार्फत दक्षिण कोरियाली विदेश मन्त्रालयसमक्ष राखेको जानकारी टोकियोमा विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत दिएको छ ।
सोलमा विदेशमन्त्री किम सुङ-हृवानले तत्कालै उक्त सल्लाहलाई अस्वीकार गर्नुभयो । उहाँले यस विषयमा विचार गर्नु आवश्यक नरहेको बताउनुभयो ।
विदेशमन्त्री किमले संसदीय सभामा उक्त प्रस्तावको कूटनीतिक कागजात प्राप्त हुनु अगावै जापानले ती द्वीपका विषयमा अनुचित विवाद उठाउँदै गए दक्षिण कोरियाले कडा उपाय अवलम्बन गर्ने बताउनुभयो ।
अगस्त १० मा दक्षिण कोरियाली राष्ट्रपति ली म्युङ बाकले उक्त द्वीपको भ्रमण गर्नुभएको थियो र हाल यो द्वीप दक्षिण कोरियाको नियन्त्रणमा रहेको छ र यसलाई जापानमा ताकेसिमा भनिन्छ भने कोरियामा डोक्डो भनिन्छ ।
जापानले यस विषयमा सन् १९५४ तथा १९६२ मा पनि हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा जान राखेको प्रस्तावलाई दक्षिण कोरियाले अस्वीकार गरेको थियो ।
दक्षिण कोरियाको विदेश मन्त्रालयका प्रवक्ता चो टाइ-योङ्घेले डोक्टो ऐतिहासिक रूपमा दक्षिण कोरियाको क्षेत्र भएको र यो भौगालिक तथा अन्तर्राष्ट्रिय कानुनअनुसार पनि दक्षिण कोरियाको भएकाले यसमा क्षेत्रीय विवाद नभएको दाबी गर्नुभयो ।
उहाँले टोकियोले यस विषयमा पठाएका टिप्पणीको जवाफ यस्तै हुने पनि उल्लेख गर्नुभयो ।
दक्षिण कोरियालाई दबाब दिन टोकियोले मुद्रा सटहीको सम्झौतामा पुनः विचार गरिरहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया