Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024
काठमाडौं– प्रतिपक्षी दलहरुले राष्ट्रपति डा. रामवरण यादवलाई सक्रिय हुन आह्वान गरिरहेका बेला एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा बाबुराम भट्टराई नयाँ रणनीति बनाउन लागेका छन् ।
कांग्रेस, एमालेलगायतका विपक्षी दलका युवा सरकार ढाल्न सडक संघर्षमा लागिरहेको र शीर्ष नेताहरु राष्ट्रपति सक्रिय बनाउन लागेपछि दाहाल–भट्टराईबीच छलफल भएको हो ।
दाहालको निवास लाजिम्पाटमा भएको छलफलमा राष्ट्रपतिले सरकारले पठाएको निर्वाचनसम्बन्धी अध्यादेश अस्वीकार गरिसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।
वर्तमान राजनीतिक सङ्कटको समाधानका लागि सरकार र एमाओवादीले तय गर्नुपर्ने रणनीतिका विषयमा छलफल भएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरलले जानकारी दिए ।
छलफलमा पार्टीले देशव्यापी रुपमा सञ्चालन गरिरहेको कार्यकर्ता प्रशिक्षण र सातौँ विस्तारित बैठकपछि अख्तियारी गरिएको नीतिका विषयमा पनि कुराकानी भएको थियो ।
तपाईको प्रतिक्रिया