गाउँमा बिजुली बाल्न कसैले सहयोग नगरेपछि आफ्नै अध्यक्षतामा उपभोक्ता समिति गठन गरी बिजुली बालेको वृद्ध राईमान राईले बताउनुभयो ।
वृद्ध राईले गाउँलेलाई एकजुट बनाएर प्रत्यकक घरबाट रकम र श्रमदानसमेत गरी करिब नौ लाख रुपैयाँको लगानीमा बिजुली बालेको स्थानीय ओमबहादुर राईले बताउनुभयो ।
गाउँलेले सो कामका लागि प्रतिघर सात हजारभन्दा बढी रकम सङ्कलन गरेका थिए । ‘मर्ने बेलामा बिजुली बाल्ने रहर लाग्यो, गाउँ पनि अँध्यारो थियो, त्यसैले आफैँ अघि सरेको हुँ’ वृद्ध राईले भन्नुभयो ।
वृद्ध राईको सक्रियतामा घरमा बिजुली बाल्न पाउँदा सल्यान–१ केराबारीका २४ घरधुरी उपभोक्तामा अहिले खुसियाली छाएको छ ।