चितवन- नेपाली कांग्रेसका नेता डा. रामशरण महतले माओवादीको अधिनायकवादी सोच र सत्तालिप्साका कारण देशमा जटिलता उत्पन्न भएको बताउनुभएको छ ।
प्रेस युनियन चितवनले आज नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले माओवादी र मधेसवादी दलका कारण संविधानसभा विघटन भएको आरोप लगाउनुभयो ।
वर्तमान सरकारप्रति निकै आक्रामक देखिनुभएका नेता डा. महतले आन्दोलनबाटै सरकार ढाल्ने चेतावनी पनि दिनुभयो ।
उहाँले सहमतीय सरकारका लागि राष्ट्रपतिले आहृवान गरे आफ्नो पार्टी सरकारको नेतृत्व लिन तयार रहेको बताउनुभयो ।