Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024
विराटनगर- एकिकृत नेकपा माओवादीको लिम्बुवान र कोचिला राज्य स्तरिय राजनैतिक प्रशिक्षण आज विराटनगरमा सम्पन्न भएको छ ।
पार्टी विभाजन, काठमाण्डौमा भएको पार्टीको सातौं विस्तारित बैठक, महाधिवेशनको तयारी र मोर्चाको गठनका विषयमा कार्यकर्तालाई प्रशिक्षीत गर्ने उद्देश्यले राजनैतिक प्रशिक्षण आयोजना गरीएको बताइएको छ ।
राजनैतिक प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षण दिंदै एकिकृत माओवादीका अध्यक्ष प्रचण्डले विभिन्न चुनौती र पार्टीको विवादलाईपनि थाती राखेर लचकताका साथ शान्ति प्रकृया टुंगो लगाउन माओवादीले सेना समायोजनको काम सम्पन्न गरेको तर अब मुख्य मुद्दामा सहमतीमा नआए नेपाली कांग्रेस , एमाले पार्टीलाई पेलेर जाने बताउनु भएको छ । उहांले हिजो एउटा पार्टीको मात्र अध्यक्ष थिंए अब २१ दलको मोर्चाको अध्यक्ष भएकोले मुलुकलाई निकास दिन सक्छु जस्तो लागेकोले पार्टीका साथीहरुले आत्तिनु पर्ने अवस्था नरहेको विस्वास दिलाउनु भएको थियो ।
अध्यक्ष प्रचण्डले बैद्य जीहरु  फुटेर गएपनि माघमा पार्टीको महाधिवेशनपछि सांवा ब्याज समेत असुल्ने ठोकुवा गर्नुभएको थियो । उहांले महाधिवेशन सम्पन्न गर्न कठिन भएकोले सबै कार्यकर्ताहरुको साथ आवश्यक रहेको बताउनु भएको थियो । प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुले राजनैतिक नियुक्ती, पार्टीको केन्द्रीय सदस्य थप गर्दा पुर्वलाई उपेक्षा गरेको गुनासो गरेका थिए । त्यसको प्रतिउत्तरमा त्यस्तो भएको भए अब सच्याइने प्रतिबद्धता जनाउनु भएको थियो ।
एक दिनमात्र संचालन भएको प्रशिक्षण कार्यक्रममा लिम्बुवान र कोचिला राज्य समितिका सदस्यहरु, त्यस भित्र पर्ने जिल्ला कार्य समिति र सल्लाहकारहरु गरी करिब एक हजार जनाको सहभागीता रहेको केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इन्चार्ज शिवकुमार मण्डलले जानकारी दिनुभएको छ ।
तपाईको प्रतिक्रिया