Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
काठमाडौं- कुशे औँसीका दिन आज हिन्दू धर्मावलम्बीहरू वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्रयाउँदै छन् ।
शास्त्रोक्त विधिअनुसार ब्राहृमणद्वारा पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।
गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीले परम्पराअनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने गर्दछन् ।
बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्दछन् ।
आजको दिन विशेष गरी उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावती, नुवाकोटको देवीघाट, तनहुँको देवघाट, कोका-कौशिकी (बराहक्षेत्र), विष्णुपादुकालगायतका तीर्थस्थानमा आ-आफ्ना दिवङ्गत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेको ठूलो घुइँचो लाग्दछ ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आˆना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पूण्य मिल्नाका साथै  आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।
मोतीराम भट्टको १४६औँ जन्मजयन्ती
हुकुम हुन्छ तिम्रो त हाजिर छँदैछू ।
बिना मर्जि आँट गर्न लायक् कहाँ छू ।।
(शारदा मासिक-अंक ११)
यी कालजयी गजलका स्रष्टा मोतीराम भट्टको १४६ औँ जन्मजयन्ती विविध कार्यक्रम आयोजाना गरी आज मनाइँदैछ ।
उहाँ नेपाली गजलका महानायक मानिनुहुन्छ । यसका साथै कथा, नाटक, निबन्ध र पत्रकारितामा पनि उहाँको कलम त्यत्तिकै सशक्त रहेको थियो ।
वि.सं. १९२३  भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर वि.सं. १९५३  कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमै भट्टको निधन भएको थियो ।
  श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर उहाँले गजल रचना गर्नुभएको थियो । युवक कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गरेका थिए ।
तपाईको प्रतिक्रिया