काठमाडौं- चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज शिक्षण अस्पतालमा राजनीतिक भागबन्डा आधारमा हुने नियुक्तिविरुद्घ आमरण अनशन गरिरहेका प्रा.डा. गोविन्द केसी को स्वास्थ्य स्थिति झन् झन् गम्भीर भएपछि चिकित्सकहरुले हस्तक्षेप गरी सीसीयुमा राख्ने तयारी गरेका छन्।
उनी तीन दिनदेखि अनशनमा बसेका छन् ।
अर्गान फेलियरमा जान सक्ने संकेत बुझेर अनसन स्थलमा चिकित्सकहरुले उपकरण सहित आइसीयु बनाएर राखेका हुन् ।
केसीको पिसाबमा ‘किटोन’ देखिएको छ। सुगरको मात्रा घट्दै गएको छ। सोमबार ५ दशमलव ४ रहेको सुगर हिजो ३ दशमलव ५ थियो। उनको स्वास्थ्य गम्भीर भए पनि उनले अनसन तोड्न मानेका छैनन् ।