काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराई चितवनका चेपाङ भेट्न बुधबार चितवनको सिद्धी गाविस पुगेका छन् ।
प्रधानमन्त्री दिउँसो साढे एकबजे वुद्ध एयरबाट भरतपुर गएका हुन् । प्रधानमन्त्रीले एकहजार किलो चामल र कम्बलहरु दिने कार्यक्रम छ ।
उनले गरिबी निवारण कोषबाट तीनकरोड बढीको सहयोग चेपाङका लागि दिएको उनका स्वकीय सचिव विश्वदिप पाण्डेले बताए । लोपोन्मुख जातिको सुरक्षा र विकासका लागि सो रकम खर्चिने उनले बताए।
उनी सिद्धी जाने भएपछि जिल्लाको सुरक्षा व्यवस्था निक्कै कडा पारिएको थियो । भरतपुरदेखि सिद्धीसम्म सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ***