४० वर्षीया उनकी श्रीमती दुर्गा गर्भवती भएकी छन् । आधा उमेरकी दुर्गाबाट जन्मिएका जेठा छोरा १० वर्षका छन् भने कान्छा ३ वर्षका छन् ।
नेपाली कम्युनिष्ट आन्दोलनमा मोहनविक्रम लिइरहने नाम हो । उनलाई कम्युनिष्ट नेताले कुनै न कुनै रुपमा सम्झिरहन्छन् । मोहनविक्रम एमाओवादी अध्यक्ष प्रचण्ड, नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यका पनि गुरु हुन् । अझै पनि अर्धभूमिगत रहेका मोहनविक्रम पछिल्लो समयमा लेखपढ गरेर वसिरहेका छन भने उनको पार्टी नेकपा मसालको खुला मोर्चा राष्ट्रिय जनमोर्चाले संघीयताविरोधी आन्दोलन गरिरहेको छ ।