लहान नगरपालिका कार्यालयले नगरपालिकाभित्र रहेका सरकारी कार्यालयलाई कार्यालय रहेको भवनको सात दिनभित्र नक्सा पास गराउन पत्र काटेपछि यस्तो रहस्य खुलेको हो । लहान नगरपालिकाले लहानस्थित ३४ वटा सरकारी कार्याललाई तिनका निजी तथा सरकारी भवनको नक्सा पास गराउन सात दिनको म्याद दिई पत्र काटेको छ ।
यसरी नक्सा पास नगराई निर्माण गरिएका भवन निजी र सरकारी दुवै क्षेत्रका छन् । नक्सा पास नगराई निर्माण गरिएको सरकारी भवनमा सञ्चालित कार्यालयमा इलाका प्रशासन कार्यालय लहान, वडा प्रहरी कार्यालय, लहान ब्यारेक, जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात कार्यालय , मालपोत कार्यालय, जिल्ला वन कार्यालय, आन्तरिक राजस्व कार्यालय छन् ।
यसैगरी पूर्वाञ्चल सडक डिभिजन कार्यालय , घरेलु तथा साना उद्योग कार्यालय , भूमिगत जलस्रोत विकास समिति, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पशु प्रजनन कार्यालय , मत्स्य विकास केन्द्र, यान्त्रिक कार्यालय, प्राविधिक शिक्षालय, नेपाल खाद्य संस्थान, नेपाल टेलिकम, नेपाल विधुत प्राधिकरण, कृषि सामग्री संस्थान, लहान नगरपालिका, साल्ट ट्रेडिङ, खानेपानी संस्थान, नेशनल टे्रडिङ, नेपाल बंैक लिमिटेड रहेका भवनको पनि नक्सा पास नभएको बुझिएको छ ।
यस्तै निजी भवनमा सञ्चालित कार्यालयमा नापी शाखा, सहकारी डिभिजन, साझा प्रकाशन, जनकपुर चुरोट कारखाना लि., राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र बंैकिङ कार्यालयको पनि भवनको नक्सा पास नभएको नगरपालिकाको अभिलेखमा उल्लेख छ ।
नगरपालिकाभित्र कुनै पनि पक्की भवन निर्माण गर्दा नगरपालिकाबाट नक्सा पास गराउनुपर्ने सरकारी नियम छ तर उक्त नियमलाई वेवास्ता गरी ती कार्यालयले आप\mना कार्यालय सञ्चालन गरिरहेको लहान नगरपालिकाका प्रमुख रामकुमार महतोले बताउनुभयो । उहाँले भन्नुभयो- “सात दिनभित्र नक्सा पास गराउन पत्र पठाएको छु, अटेर गरे कारबाही प्रक्रिया अगाडि बढाउँछु ।”
स्वयम् लहान नगरपालिका कार्यालय रहेको भवनको पनि नक्सा पास नगरिएको सन्दर्भमा प्रक्रिया पूरा गरेर त्यसको पनि नक्सा पास गराइने प्रमुख महतोले बताउनुभयो । ती कार्यालयलाई मौखिक रूपमा पटकपटक कार्यालय रहेको भवनको नक्सा पास गराउन जानकारी गराउँदा पनि नटेरेकाले लिखित पत्र पठाइएकोे नगरपालिका प्रमुख महतोले बताउनुभयो ।
नगरपालिकाले पत्र पठाएपछि लहानमा सरकारी स्तरबाट निर्माण भइरहेको सगरमाथा अञ्चल यातायात कार्यालयको भवन निर्माणबन्द भएको छ । नक्सा पास नगरी भवन निर्माण गरिएकाले लाखौँ राजस्व गुमेको लहान नगरपालिका प्रमुख महतोको भनाइ छ ।