Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – सोमबार बिहान आराकावा कुयाकु सो को पार्कमा झुण्डिएर आत्महत्या गरेका गुल्मी आँपचौर ईन्द्रेगौंडा – ६ का खिमानन्द खरेलको यहि अगष्त १० तारिख शुक्रबार अन्त्येष्टी गरिने भएको छ ।

श्रोतकाअनुसार शुक्रबार अपरान्ह २ बजे टोकियोको माचियामा स्वर्गिय खरेलको अन्त्येष्टी गरिने भएको हो ।

आराकावा प्रहरीथानामा रहेको मृतक खरेलको शव आजै लालबहादुर केसी (रोशन), बाबुराम भण्डारी, यमलाल ढकाल (राजु) र दधिराम अर्याललगायतले बुझ्नुभएको  कुरा थाहा भएको छ ।

स्वर्गिय खरेलप्रति अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्नका लागि शुक्रबार हुन गईरहेको अन्त्येष्टी समारोहमा उपस्थित भईदिन समस्त गुल्मेलीहरु लगायत जापानबासी नेपालीहरुमा शालिकराम भण्डारी, बाबुराम भण्डारी, लालबहादुर केसी (रोशन), यमलाल ढकाल (राजु), कुलचन्द्र खरेल, दयाराम खरेल, रेशम तिवारी, गोकुल खरेललगायतले हार्दिक आह्वान गर्नुभएको छ।

३५ बर्षिय खिमानन्द खरेल सोमबार बिहान पार्कमा झुण्डिएको अवस्थामा मर्निङ वाक गर्ने मान्छेहरुले देखेपछि प्रहरीलाई खबर गरी तुरुन्त अस्पताल पुरयाईएको भए पनि अस्पतालले मृत घोषित गरेको थियो ।

पोष्टमार्टमको रिपोर्टको आधारमा अस्पतालले मृत्युको कारण आत्महत्या नै भएको पुष्टि गरेको छ ।

६ बर्षअगाडि कुक भिसामा जापान आएका खरेल श्रीमतीसंगै आराकावा कु को मिकावासिमामा बस्दथे । केहि महिना अगाडिदेखि बेरोजगारी अवस्थामा रहेका खरेल जापान आएदेखि एकपटक पनि नेपाल नफर्केको बुझिएको छ । आत्महत्या गर्नुको कारण भने अझै खुल्न सकेको छैन ।

ठिक एक महिना आगाडि अर्थात जुलाई ५ तारिखका दिन साईतामाकेनमा बागलुङका ललित (बिष्णु) साहनीले आत्महत्या गरेका थिए । जापानमा नेपाली आगमनपछिको ईतिहासमा यो बर्ष सबैभन्दा धेरै नेपालीले मृत्युवरण गरेको र त्यसमा पनि आत्महत्याको सँख्या अधिक रहेको छ । जापानमा बढ्दो नेपाली आत्महत्याको घटनाप्रति यहाँको नेपाली समुदाय गम्भीर हुनुपर्ने र यसको न्युनिकरणका लागि संभावित उपायहरु बारे सोचिनुपर्ने चर्चा बाक्लोरुपमा चल्न थालेको छ । ***

तपाईको प्रतिक्रिया