Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं – एक यौनकर्मी महिला हत्याको आरोपमा १५ वर्ष जेल बसेर छुटेका इलामका गोविन्दप्रसाद मैनालीको मुद्दामा पुनरावलोकन गर्न दिइएको निर्णयविरुद्ध परेको रिटमा टोकियो उच्च न्यायालयले आगामी मंगलबार फैसला गर्ने भएको छ ।
युवती हत्या अभियोगमा थुना सजाय बेहोरिसकेका मैनालीको मुद्दामा पुनरावलोकन गर्न दिइएको निर्णयविरुद्ध परेको रिटमा  उच्च न्यायालयले आगामी मंगलबार फैसला गर्ने भएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अदालती निर्णयमा मुद्दा पुनरावलोकन गर्न पाउने भएपछि र जेलमुक्त भई कानुनी लडाइँ लड्न पाएकाले १५ वर्षसम्म जेल सजाय ब्यहोरेका मैनाली नेपाल फ़र्किसकेका छन् । उच्च न्यायालयले गर्ने फैसलामा चित्त नबुझेमा अर्को पक्षले  सर्वोच्च अदालतमा रिट दिन पाउने अधिकार छ । रिट नपरेमा भने मुद्दामाथि पुनरावलोकन प्रक्रिया सुरु हुनेछ । यो प्रक्रिया टुंगिएपछि मात्रै गोविन्दले पाउन सक्ने क्षतिपूर्ति र अन्तिम फैसलाको आधार तय हुने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । ***
तपाईको प्रतिक्रिया