Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – बागलुङ जिल्ला गल्कोट मल्म-७ घर भएका ३८ बर्षिय ललित साहनी (बिष्णु) ले आज बिहान साइतामाकेनमा आत्महत्या गरेका छन् ।

प्राप्त जानकारीअनुसार उनले आत्महत्या गर्ने बारे फेसबुकमा अग्रिम संकेत गर्दै भनेका थिए –  “यो मेरो अन्तिम तस्वीर हुने छ ।” आज बिहानपख ३ बजेतिर साहनीले उक्त म्यासेज अपलोड गरेको बताईएको छ ।  ठट्टा गरेको हुन सक्ने भन्दै चिनेजानेकाहरुले उनको बारेमा जानकारी लिन खोज्दा साँच्चिकै आत्महत्या गरेको पाईएको हो ।

आत्महत्या गरेका साहनी सन २००० को जुलाईमा  कुक भिसामा जापान आई ओसाकामा रहँदैं आएका थिए । उनी ६ महिना अगाडि मात्र साइतामाकेनमा बसाईसराई गरी श्रीमतीसहित तोक्रोजावामा बस्दै आएका हुन । जापानको स्थायी भिसा प्राप्त गरेका साहनी दम्पतीले जापानी कम्पनीमा काम गर्दै आएका थिए ।
साहनी दम्पतीका ४ बर्षिय छोरी नेपालमा छिन ।

साहनीले आज बिहान करिव ४ बजेतिर आत्महत्या गरेको बताईएको छ ।  बिहान ५ बजे कामबाट थाकेर फ़र्केकी श्रीमती साहनी  सुतेर ९ बजेतिर उठेर शौचालय जांदा
उनी मृत अवस्थामा भेटिएका थिए । अनि श्रीमती साहनीले तुरुन्त प्रहरीमा खबर गरेका थिए । उनले शौचालयमा घांटीमा पासो लगाई आत्महत्या गरेको हुन सक्ने बताईएको छ ।

घटनास्थलबाट प्राप्त जानकारीअनुसार अहिले प्रहरीले आवश्यक छानबिन गरिरहेको बुझिएको छ । मृतक साहनीको शव हिगासी तोक्रोजावा प्रहरीले जिम्मा लिएको छ ।  घटनाबारे थप जानकारीका लागि समुद्रपारि हेर्दै गर्नुहोला । …………….

तपाईको प्रतिक्रिया