
नागरिक उड्डयन प्राधिकरणले एसियाली विकास बैंक ९एडीबी० को ऋण र आफ्नै स्रोतबाट स्तरोन्नतिको काम सुरु गर्ने तयारी गरिरहँदा सरकारले नवगठित लगानी बोर्डमार्फत भारतीय कम्पनीलाई जिम्मा दिने प्रक्रिया अघि बढाएको हो ।
निर्माण स्वामित्व सञ्चालन र हस्तान्तरण (बुट) अन्तर्गत विमानस्थलको जिम्मा लिन भारतको आईएल एन्ड एफएस कम्पनीले मात्रै चासो देखाएको छ ।
पर्यटकीय सम्भाव्यता बढाउन स्तरोन्नति र चुस्त व्यवस्थापन चाहिएकाले सम्पर्कमा आएको आईएल एन्ड एफएससँग अनौपचारिक छलफल भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले जानकारी दिए । उनले भने, ‘कम्पनीलाई काम गर्न दिँदा राष्ट्रियरअन्तर्राष्ट्रिय कानुन, कम्पनीले दिने प्रतिफल हेरेर मात्रै दिइने हो, त्यो चरणमा पुगेकै छैन ।’
लगानी गर्न इच्छुक आईएल एन्ड एफएस सेन्ट्रल बैंक अफ इन्डिया, युनियन ट्रस्ट अफ इन्डिया र एचडीएफसीद्वारा प्रवर्द्धित छ । यसमा स्टेट बैंक अफ इन्डिया, लाइफ इन्स्योरेन्स कम्पनी इन्डिया, ओपि्रक्स कर्पोरेसन जापान र आबुधावी इन्भेस्टमेन्ट अथोरिटीको लगानी छ । कम्पनीको वेबसाइटअनुसार उसको लगानी पूर्वाधार निर्माणसँगै वित्तीय र शिक्षा क्षेत्रमा पनि छ ।