
काठमाडौं- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व लिन कांग्रेसलाई प्रस्ताव गरेका छन्। संविधानका विवादित विषय र संविधान पारित गर्ने प्रक्रियालगायत अहिलेको गतिरोध अन्त्यका विषयमा सहमति गरी नेतृत्व लिन दाहालले प्रस्ताव गरेका हुन् ।
दाहाल निवास लाजिम्पाट मंगलबार राति बसेको प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकमा उनले प्रधानमन्त्रीको प्रस्ताव गरेका एक सहभागीले जानकारी दिए ।
बैठकमा माओवादी अध्यक्ष दाहालले नयाँ बजेट वा प्रधानमन्त्री पदबारे मात्र सहमति नगरी प्याकेजमै सहमति खोज्न प्रस्ताव गरेको कांग्रेस नेता रामशरण महतले बताए।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी नीतिगत रूपमा कांग्रेस नेतृत्वको सरकार बनाउन नीतिगत रूपमा सहमत भइसकेको बताए।
एमाले अध्यक्ष झलनाथ खनालले सहमतिका लागि प्रधानमन्त्रीले पद त्यागी एकतर्फी घोषणा भएको चुनावको समीक्षा हुनुपर्ने बताए।
बैठकमा एकीकृत माओवादीका तर्फबाट अध्यक्ष दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए। कांग्रेसका सभापति सुशील कोइराला, केन्द्रीय सदस्यद्वय रामशरण महत र मिनेन्द्र रिजाल तथा एमाले अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम सहभागी थिए।
मधेसी मोर्चाका तर्फबाट महन्थ ठाकुर, विजयकुमार गच्छदार र राजकिशोर यादव थिए।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, आषाढ २०, २०६९
प्रकाशित समय: १२:०८:२९