Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025
काठमाडौँ– यस वर्षको पल्सर स्पोर्टस् अवार्ड विभिन्न आठ विधामा बुधबार प्रदान गरिने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पपुलर प्लेयर अफ द इयर, पारा एथ्लिट अफ द इयर, स्पेशल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको  जनाएको छ ।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र पपुलर प्लेयर अफ द इयरले बजाज पल्सर मोटरसाइकलसहित ट्रफी प्राप्त गर्नेछन् ।
त्यस्तै, अन्य विधाका विजेताले जनही रु ३० हजार र ट्रफी प्राप्त गर्नेछन् । सबै विधाका मनोयनमा पर्ने खेलाडी र  प्रशिक्षकले टाइमेक्सको घडीसमेत प्राप्त गर्नेछन् ।
यस वर्षको उत्कृष्ट खेलाडी पुरुषमा पौडीका शैलेश राणा, क्रिकेटका पारस खड्का, एथ्लेटिक्सका तिलकराम थारू, गल्फका शिवराम श्रेष्ठ र घोडचढीका ध्रुवप्रसाद अर्याल मनोनयनमा परेका छन् ।
यस्तै वर्षको उत्कृष्ट महिला खेलाडीमा भारोत्तलनकी तारा पुन, एथ्लेटिक्सकी प्रमिला रिजाल, पौडीकी श्रेया धिताल, टेबुलटेनिसकी नवीता श्रेष्ठ र ब्याडमिन्टनकी नङ्गशलदेवी तामाङ रहेका छन् ।
यसैगरी वर्षको उत्कृष्ट युवा खेलाडीमा क्रिकेटतर्फ रुवीना क्षेत्री र पृथु बाँस्कोटा,  एथ्लेटिक्सतर्फ सिद्धान्त अधिकारी र  विश्वरूपा बुढा तथा पौडीतर्फ शिरीष गुरुङ मनोनयनमा परेका छन् ।
वर्षको उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका पुवुद दासानायक, जगत टमटा र नवीन सिंह, पौडीका ईश्वर कार्की र जुडोका वीरबहादुर राना रहेका छन् ।
एथ्लेटिक्सकी सविता चौधरी, फुटबलका भरत खवास, क्रिकेटका शक्ति गौचन, टेनिसका अस्लेसा लिसानोविच र भलिबलकी रमिला तन्डुकार पपुलर प्लेयर अफ द इयरमा मनोनयन भएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया