Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025
दमक- नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री केपी शर्मा ओलीले एकिकृत नेकपा माओबादीले आफ्नो अधिनायकबाद लाद्नलाई संबिधानसभाको अवहासन गराएको र त्यो सम्भब नभएपछि फेरी संबिधानसभाको पुर्नस्थापनाको कुरा गर्न थालेको बताउनुभएको छ ।
नेकपा एमाले संबिधानसभाको पुर्नस्थापनाको पक्षमा नरहेको र सहमतिय सरकार निर्माण गरेर राजनैतिक गतिरोध तथा संबैधानीक रिक्तताको अन्त्यको पक्षमा रहेको उहाँले बताउनुभयो ।
मंगलबार बिहान झापाको दमकमा  कुराकानी गर्दै नेता ओलीले संबिधानसभाको बनौटनै गलत ढङ्गको रहेका कारण संबिधानसभामार्फत संबिधान आउन नसकेको भन्दै त्यहि संबिधानसभा ब्युत्याउने कुरा गर्नुमा कुनै तुक नरहने दाबी गर्नुभएकोछ ।
एकिकृत नेकपा माओबादीले देश र जनता भन्दा पनि आफु अनुकुल सोचेर काम गर्ने बताउदै ओलीले भन्नुभयो’संबिधानसभाको जुन अभ्यास चार बर्षमा भयो त्यो अभ्यासनै असफल साबित भयो ।’
संबिधानसभाको निर्वाचन अनुपयुक्त समयमा,अनुपयुक्त तरिकाले गरिएकाले त्यसको परिणामा पनि अनुपयुक्त नै आएका कारण आज यो अवस्था आएको भन्दै कसैका कारण नभइ दलहरुको अदुरदर्शिताको परिणाम भएको पनि उहाँको भनाई रहेको थियो ।
संबिधानसभा आफै भङ्ग हुने अवस्था नआएको र यसलाई भङ्ग गराइएको भन्दै उहाँले भन्नुभयो’न्युजित रुपमा संबिधानसभाको भङ्ग गराइएकाले यसलाई ब्युत्याउने बिषयमा एमालेले यथास्थितिमा छलफल समेत गर्दैन ।’
एकिकृत नेकपा माओबादीको नेतृत्वको सरकार तथा प्रधानमन्त्री डा.बाबुराम भट्टराइ कामचलाउ प्रधानमन्त्री भइसकेकाले दलहरुले नयाँ प्रधानमन्त्रीको नाम सर्बसम्मत रुपमा ल्याइसकेपछि स्वतःयो सरकार बिस्थापित बन्ने नेता ओलीले जनाउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया