Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025
खलङ्गा (बैतडी)– धनगढीबाट दार्चुला सदरमुकामतर्फ जाँदै गरेको बस दुर्घटनामा एमाले जिल्ला नेतासहित ८ जनाको मृत्यु भएको छ । ज्यान गुमाएका  आठ जनामध्ये सातको सनाखत भएको छ ।
सुदूरपश्चिम यातायातको ना ४ ख ६६०८ नम्बरको बस दार्चुलाको ग्वानी–५ मा मंगलबार बिहान ५ बजे दुर्घटना हुँदा मृत्यु हुनेहरूमा धनुषा जिल्ला खजुरा–३ घर भई हाल जिल्ला भू–संरक्षण कार्यालयका सहायक इन्जिनियर ३५ वर्षीय अमितकुमार पण्डित रहेका छन् ।
त्यस्तै दार्चुला सर्माली गाविसका नेकपा (एमाले) जिल्ला सदस्य ४० वर्षीय लक्ष्मीदत्त जोशी, दार्चुला ग्वानी–१ का १९ वर्षीय धवलसिंह धामी, कन्चनपुर झलारी–९ का ८ वर्षीय सुनिलसिंह धामी, डडेल्धुरा अजयमेरु–९ का २३ वर्षीया पार्वती भट्टको सनाखत भइसकेको प्रहरी नायव उपरीक्षक देवबहादुर बोगटीले बताउनुभयो ।
त्यस्तै, सनाखत हुनेहरूमा डिलाशैनी–३ का धौलराम सार्की र कोटपेटरा–५ का ४० वर्षीय हरिमान धामी रहेका छन् । दुर्घटनामा परेका एकजनाको सनाखत हुन बाँकी रहेको छ ।
त्यसैगरी घाइतेमध्ये १२ जनाको डडेल्धुराको टिम अस्पतालमा उपचार भइरहेको छ । दार्चुला धाप–७ का करन कुँवर, दार्चुला मालपोतका प्रमुख हर्क कुँवर, मालिकार्जुन–५ का श्यामसिंह धामी, गोकुलेश्वर–९ का दार्चुलाका वीरचन्द्र कँुवर, ग्वानी–१ का गोपालसिंह धामी र बैतडी कोटपटेरा–७ का शिवलाल घडेरी रहेका छन् ।
त्यसैगरी, डिलाशैनी–३ बैतडीका कृष्ण भुल, दहतोला– २ दार्चुलाका बिरे साउँद, धनुषा विशालनपुर–३ का कमल ऐडी, डडेल्धुरा अजयमेरु–९ का खेमराज भट्ट र उनकी छोरी दीपा तथा बसचालक कैलाली गेटा–३ का दुर्गा कुँवर गम्भीर घाइते भएका छन् । दुई जना बाहेक अन्यको अवस्था सामान्य रहेको टिम अस्पताल डडेल्धुराले जनाएको छ ।
त्यस्तै १५ जना घाइतेहरूको इलाका स्वास्थ्य चौकी गोकुलेश्वर दार्चुलामा उपचार भइरहेको प्रहरीले बताएको छ । उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।
घटनास्थल दार्चुला र बैतडीको सीमामा रहेको गोकुलेश्वरबाट करिब १५ किलोमिटर दार्चुलातर्फ रहेको छ भने दार्चुला सदरमुकामबाट ६० किमि दक्षिणमा रहेको छ । दुर्घटनाग्रस्त उक्त बसमा ४० यात्रु रहेको प्रहरीले बताएको छ ।
क्षमताभन्दा बढी यात्रु बोकेको बस अनियन्त्रित हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
दुर्घटनाग्रस्त बस बैतडी–दार्चुला महाकाली राजमार्गबाट १५० मिटर तल खसेर भिरमा अड्किएको बताइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया