Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025
विराटनगर- नेकपा एमालेका बरिष्ठ एवं प्रभावशाली नेता केपी शर्मा ओलीले नेपाली कांग्रेसको गलत विष्लेषणका कारण एकिकृत माओवादीको नेतृत्वको सरकारको आयु लम्बीरहेको बताउनुभएको छ ।
एमाले अंचल स्तरिय अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्न आज विराटनगर विमानास्थल आइपुग्नु भएका नेता ओलीले संञ्चारकर्मीहरुसंग कुरा गर्दै यो सरकारका उद्देश्यलाई विष्लेषण गरेर कांग्रेसले हटाउन पहल गर्नुपर्नेमा माओवादीले किस्तीमा सजाएर सरकारको नेतृत्व गर्न दिन्छ भनेर भ्रम पाल्नाले मुलुक भुमरीमा फसिरहेको दावी गर्नुभयो ।
एकिकृत माओवादीले सहमती हुन नदिने , मुलुकलाई संकट उत्पन्न गराइ गलत निति र बाटोबाट सत्ता कब्जा गर्न खोजेको कारण मुलुकमा राष्ट्रिय सहमती बन्न नसकी निकास नपाएको बताउंदै नेता ओलीले यहिं बाटोवाट माओवादीले सत्ता कब्जा गर्न सम्भव नरहेको र त्यसले माओवादीलाई नै समाप्त पार्ने ठोकुवा गर्नुभयो ।
वर्तमान कामचलाउ सरकारले पुर्ण बजेट ल्याउन नसक्ने बताउंदै ओलीले प्रधानमन्त्री नयां सहमती गराई सरकार बन्न नदिने, संविधानसभा, संसद विघठन गरी संवैधानिक रिक्तता ल्याउने, राजनैतिक संकट ल्याउने र देशलाई सहमतीवाट अगाडी बढ्न नदिने कार्यमा तल्लीन रहेको आरोप लगाउनु भयो । उहांले यस्ता गलत कार्यलाई आफुहरुले सहमती नदिने उल्लेख गर्नुभयो ।
एमाले सहमतीय सरकारको नेतृत्वका लागी नहिंडेको तर मुलुकले आवश्यक ठान्यो र जनताले जिम्वेवारी दिए आफुले नेतृत्व लिई राम्रो ढंगले जिम्वेवारी बहन गर्ने उहांले दावी गर्नुभयो । उहांले अहिले नेपाली कांग्रेसले राष्ट्रिय सहमतीको पहल गर्नुपर्ने र नेतृत्वपनि लिनुपर्ने उल्लेख गर्नुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया