Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025
काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री डा.बाबुराम भट्टराई देशलाई लुट्न र लुटाउन सक्रिय रहेको आरोप लगाउंदै जतिसक्दो छिटो हटाउन सडक आन्दोलनमा उत्रिने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज संयुक्त किसान आन्दोलन समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गौतमले भट्टराईले नैतिकताका आधारमा राजीनामा नदिए घेराबन्दी गरेर हटाइ छाड्ने चेतावनी दिए ।
‘बाबुरामले देशलाई लुट्ने र विदेशीलाई लुट्न मैदान तयार गरिदिइरहेका छन्,’ उनले भने ‘देशमारा जनतामारा प्रधानमन्त्रीलाई हटाउन जति ढिलो हुन्छ उत्तिनै देश बर्बाद हुन्छ ।’ प्रधानमन्त्रीलाई इतिहासकै कलंकित र निर्लज्ज आरोप लगाउदै दलहरु एकजुट भएर घेराबन्दी गर्ने बताए । बाबुराम भट्टराईका कारण विदेशीहरुले खेल्ने सजिलो मैदान भेटेको भन्दै त्यसको भण्डाफोर हुने उनको भनाई थियो ।
अखिल नेपाल किसान संघका अध्यक्ष गौतमले वर्तमान सरकारलाई पापीहरुको गुटबन्दी भने । ‘यो सरकार पापीहरुको गुट हो, यसलाई सारा नेपाली जनताले सराप्नुपर्छ ।’ भत्काउने र बिगार्नेमा बाबुराम सरकार अग्रपंक्तिमा रहेको भन्दै संविधानसभा बिघटन यसैको निरन्तरता हो भने । किसानहरुलाई अत्याचार गरेर सरकारले आफ़्नो हैसियत पुष्टि गरेको आरोप लगाउदै देशभरका किसानहरु एकजुट भएर बालुवाटार घेर्ने चेतावनी दिए । असारको तेश्रो हप्ता भइसक्दा पनि मल उपलब्ध गराउन नसक्नुका पछाडि ‘मुलुकमारा’ र ‘जनतामारा’ नीति रहेको आरोप लगाए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया