Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025
विराटनगर– नेकपा एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री बाबुराम भट्टराईले मनोमानी ढंगले राजनैतिक निर्णय गर्दा सिंगो देश संकटमा फसेको बताउनुभएको छ ।
कोशी अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न सोमबार बिहान विराटनगर आउनुभएका अध्यष खनालले सबै राजनीतिक दलहरुको सहमतिमा राजनीतिक निकास खोज्नुपर्ने बताउनुभयो । विमानस्थल ओर्लेसँगै पत्रकार सम्मेलन गरी उहाँले सबै राजनीतिक दलहरुको सहमतिमा मात्रै अहिलेको सरकारले पूर्ण बजेट ल्याउनुपर्ने बताउनुभयो ।
सरकारले दलहरुको सहमित बिना बजेट ल्याए एमालेले त्यसको विरोध गर्ने पनि उहाँको भनाई छ । कस्तो विरोध गर्ने भन्ने बारे भने उहाँले परिस्थिति हेरेर मात्रै निर्णय गरिने पनि जानकारी दिनुभयो । ‘सरकारले पूर्ण बजेट ल्याउनुपर्छ,” उहाँले भन्नुभयो , ‘पूर्ण बजेट नल्याउने हो भने देश आथिर्क संकटमा फस्छ ।‘ पूर्ण बजेटले देशको अर्थतन्त्र गतिशिल बन्ने उहाँको भनाई थियो ।
यसैबीच उहाँले प्रधानमन्त्री भट्टराईकोआफ्नै हठले सिंगो देश दिनदिनै संकटमा फसेको आरोप लगाउनुभयो । बाबुरामको राजनीतिक औचित्य समाप्त भइसकेकोले नैतिकरुपमा सत्तामा बसिरहनु नहुने उहाँले बताउनुभयो । ‘संविधान सभा विघटन भएसँगै बाबुराम सरकारको आधिकारिकता सकिएको छ,’ उहाँले भन्नु भयो ।
अब सबै दलहरुको सहमतिमा आधिकारिक सरकार बनाएर देशलाई निकास दिनुपर्छ अध्यक्ष खनालको भनाई छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया