असार ६ को महासंघ सचिवालयको प्रचण्ड निकट बहुमत सदस्यहरुको बैठकले संगठनको आर्थिक हिनामिना, सागाठानिक विचलन तथा महासंघलाई विघटनको स्थितिमा पुर्याएको भँदै अध्यक्ष रुक्म लामिछाने र वरिष्ठ उपाध्यक्ष मणिरत्न श्रेष्ठलाई महासंघको सदस्य समेत नरहने गरी पदबाट हटाएको छ । दुवै मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीमा लागेका छन् ।
आइतबार राजधानीमा सम्मेलन गर्दै महासंघले ८७ सदस्यमध्ये ५४ जनाको स्पष्ट बहुमतबाट संगठनका अध्यक्ष लामिछाने र वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई हटाई पवित्रा तिमिल्सिना अध्यक्ष, वरिष्ठ उपाध्यक्ष अर्जुन कार्की, उपाध्यक्ष अजितमान तामाङ र महासचिव मोहनमान स्वारको नेतृत्व रहने गरी जिम्मेवारी हेरफेर जनाएको छ ।
पत्रकार सम्मेलनमा महासंघले अध्यक्ष लामिछाने र उपाध्यक्ष श्रेष्ठले उपाध्यक्ष संयोजक रविप्रसाद गुमागाई र उपाध्यक्ष पवित्रा तिमिल्सिनालगायत अन्य केँद्रीय पदाधिकारीहरुलाई हातपात गर्ने, कार्यालयका कम्युटर, कुर्सिटेबल फुटाउने, कागज पत्र र क्यालेण्डर च्यात्ने जस्ता अमानवीय कार्य गरेको घोर भत्र्सना गरेको छ ।
महासंघको बैठकले दोस्रो महाधिवेशन आगामी माघ भित्र काठमाडौंमा सम्पँन गर्ने र त्यस अगावै सबै संघहरुको आवश्यकता तथा विधिविधानअनुसार भेला गरी अधिवेशनहरु सम्पँन गर्ने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पवित्रा तिमिल्सिनाले रुक्म लामिछाने र मणिरत्न श्रेष्ठ जस्ता व्यक्तिहरु कर्मचारीहरुको नेतृत्वको लागि अयोग्य सावित भएको बताइन् ।
उपाध्यक्ष अजित स्वार र महासचिव अजित वाँतवाले कारवाहीमा परेका अथित अध्यक्ष र बरिष्ठ उपाध्यक्ष श्रेष्ठ वैधानिक सागठानिक अधिकार नरहेकाले उनीहरुसग कुनै कारवाही नगर्न सम्पूर्ण कर्मचारीहरुलाई आव्हान गरे ।
तस्बिरः रुक्म लामिछाने/फाइल