
काठमाडौं– नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाउन राष्ट्रपतिले हिम्मत गर्नुपर्ने बताएकी छन् ।
‘राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेर नयाँ सरकार बनाउन पहल लिनुपर्छ,’ उनले आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘बाबुरामजी जति अटेर गरेर बस्नुहुन्छ, उहाँका लागि त्यति नै प्रत्युत्पादक हुन्छ ।’
दलहरुले सहमति गरेर प्रधानमन्त्रीको साझा उम्मेदवार तोक्नुपर्ने भण्डारीले बताइन् । ‘हामी कांग्रेस नेतृत्वमै सरकार बनोस् भन्ने चाहन्छौं । डेमोक्रयाटिक एलाइन्स पनि उसकै नेतृत्वमा बन्नुपर्छ भन्ने पक्षमा छौं,’ उनले भनिन्– उसले उम्मेदवार दिन नसके एमालेले केन्द्रीय कमिटीको बैठक राखेर निर्णय दिन्छ ।
एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री बनिसकेकाले पार्टीका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारिने पनि उनले बताइन् । बाबुराम सरकारलाई एमालेले आंशिक बजेट पनि ल्याउन दिने उनले बताइन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, आषाढ १७, २०६९
प्रकाशित समय: २१:२३:२७