Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

कावा अध्यक्षमा नन्दनकुमार दत्त, सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं– मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) ले पार्टी कार्यवाहक अध्यक्ष तथा सञ्चारमन्त्री राजकिशोर यादवलाई हटाएको छ । डिल्लीबजार कारागारमा रहेका अध्यक्ष जेपी गुप्ता समेतको समर्थनमा गणतान्त्रिकले यादवलाई हटाएको हो ।
पार्टीको गत १२ गते बसेको केन्द्रीय समितिको बैठकले रिक्त रहेको केन्द्रीय सदस्य नन्दनकुमार दत्तलाई कार्यवाहक अध्यक्ष घोषणा गरेको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फोरम (गणतान्त्रिक) का २२ जना केन्द्रीय सदस्यमध्ये १२ जना प्रत्यक्ष सहभागी र जिल्ला बाहिर रहेका २ जना केन्द्रीय सदस्यहरुको टेलिफोनबाट दिएको समर्थनमा पार्टी नेतृत्व परिवर्तन गरिएको नवकार्यवाहक अध्यक्ष नन्दनकुमार दत्तले पत्रकारहरुलाई जानकारी गराए् ।
पार्टी अध्यक्ष जयप्रकाशप्रसाद गुप्ताको अनुपस्थितिमा यादव गणतान्त्रिक फोरमको विधानअनुसारको दायित्व पुरा गर्न असक्षम देखिएको, पार्टी हितविपरीत निजी स्वार्थका स्वच्छचारी ढंगबाट अगाडि बढेर अनुशासनहीन काम गरेको भन्दै पार्टीको विधानको धारा १३ (क) (५) र (८) अनुसार केन्द्रीय सदस्य बाट समेत हटाइएको दत्तले बताए ।
पत्रकार सम्मेलनमा नन्दनकुमार दत्त, आत्माराम प्रसाद सह, श्रीमती सन्ध्या देव, श्रीमती सुरिता साह, खालिद सिद्धिकी, सिताराम अग्रवाल, गणेश यादव, अब्दुल जब्बार, उमेशलाल दास, सलमा खातुन मिकरानी, नन्द्रकिशोर साह र राजीव झाको उपस्थिति थियो ।
पत्रकार सम्मेलनमा दत्तले राजकिशोर यादवले पार्टीको हित विपरित स्वच्छचारी ढंगले अगाडि बढेकाले उनलाई  का. वा. अध्यक्ष र केन्द्रीय सदस्यसमेतबाट निष्काशन गरेकाले प्रधानमन्त्री बाबुराम भट्टराईले आजैको मितिदेखि सञ्चार मन्त्रीबाट हटाउनुपर्ने बताए ।
‘यो सरकारको अस्तित्व समाप्त भैसकेकाले सञ्चारमन्त्रीलाई हटाउने मात्रै होइन, फोरम गणतान्त्रिकले सरकारमा बसिरहन मिल्दैन । आजैको मितिदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ,’ दत्तले भने ।। पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य राजीव झा, आत्माराम साहले पार्टीको अस्तित्व बचाउनका लागि पनि नेतृत्व परिवर्तन गर्न बाध्य भएको बताए ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया