Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025
पर्वत- “दुई स्वास्नीको पोइ, कुना बसी रोई,” भन्ने नेपाली उखान अहिले पर्वत क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सभासद् गुणाखर बस्यालमा लागू भएको छ।
जेठी श्रीमती छँदाछँदै काठमाडौंमा होटल व्यवसाय गर्ने महिलालाई आफ्नी दोस्री श्रीमतीका रूपमा भित्र्याएका सभासद् बस्याल कान्छीलाई समेत छाडेर एक महिनादेखि सम्पर्कविहीन बनेका छन्।
बस्याल जेठ १५ गतेदेखि कान्छी श्रीमती कमला तामाङलाई छाडेर परिवारको सम्पर्कबाहिर गएका हुन्। कान्छी छाडेका उनको जेठीसँग पनि सम्बन्ध टुटेकाले अहिले परिवारको सम्पर्कबाहिर बसेका छन् भने कान्छीसँग सम्पत्ति फिर्ता गराउन वाईसीएलसमेत गुहारेका छन्।
तत्कालीन एकीकृत नेकपा (माओवादी) बाट निर्वाचित सभासद् बस्यालले काठमाडौको गोंगबुमा होटल व्यवसाय गर्दै आएकी तामाङसँग एक वर्ष पहिले विवाह गरेका थिए। कान्छी भित्र्याएपछि जेठी श्रीमती खिमासँग पनि सम्पर्क छाडिसकेका छन्। जेठीलाई छाडेर कान्छी भित्र्याएका बस्यालले जेठीसँग फेरि सम्बन्ध स्थापित गर्ने चाहना राखे पनि उनले अस्वीकार गर्दा घर न घाटको बनेका छन्।
पारिवारिक स्रोतले दिएको जानकारीअनुसार पूर्वसभासद् बस्याल कान्छी श्रीमतीलाई कपडा किन्न भाटभटेनी सुपरमार्केट पठाई घरमा कोही नभएको मौका छोपी हिँडेका हुन्। संविधानसभा विघटन भएको भोलिपल्टैदेखि कान्छी छाडेर हिँडेका बस्याल आफ्ना लत्तकपडा मात्रै बोकेर बाहिरिएका छन्। केही दिनदेखि कान्छीसँग झगडा भएपछि उनी बाहिरिएको बताइन्छ। ‘मलाई गर्मीमा लगाउने कपडा किनिदेऊ भनेकाले सुपरमार्केट गएकी थिएँ”, बस्यालकी कान्छी श्रीमती कमलाले टेलिफोनमा भनिन्– ‘घर फर्कंदा आफ्ना सामान बोकेर हिँड्नुभएछ, त्यसपछि सम्पर्क हुन सकेको छैन।”
व्यापारिक स्वभावकी तामाङसँग पूर्वसभासद् बस्यालको आर्थिक कारणले सम्बन्ध बिग्रेको बताइन्छ। बस्यालले सुन र नगद माग्न थालेपछि तामाङले शंका मान्दै ३० तोला सुन र १५ लाख नगद बैंकमा राखेको बताइन्छ । सभासद बस्यालले भने पार्टी र वाईसिएलमा कान्छी श्रीमती ‘चरित्रहीन” भएकाले छाडेको दाबी गर्दै उनीबाट छुटकारा दिलाउन वाइसिएल र पार्टीमा समेत निबेदन दिएको बताइन्छ। अहिले पनि धेरै जनासँग सम्बन्ध भएको, विदेश जाऊँभन्दा पनि नमानेको र बस्याल थरमा नागरिकता बनाउनसमेत अस्वीकार गरेको बस्यालले गुनासो गर्दै आएका छन। बस्यालले कान्छीले ३० तोला सुन र १५ लाख नगद समेत लुटेको भन्दै फिर्ता गरिदिन आग्रह गरेको बताइन्छ। बस्यालको आग्रह पछि वाइसिएलका नेवा राज्य समिति इन्चार्ज तथा पूर्बसभासद चन्द्रबहादुर थापा (सागर)ले कमला तामाङलाई फोन गरेर सुन र नगद फिर्ता गरी बस्यालसँगको सम्बन्ध तोड्न चेतावनी दिएका छन।
कान्छी श्रीमती कमलाले पनि धम्की आएको स्विकार गरिन। ‘सुन र नगद फिर्ता नगरे जे पनि गर्न सक्ने धम्की दिएका छन्” कमलाले भनिन–‘मलाई अलपत्र पार्ने, उल्टै ज्यानको धम्की आएपछि जीवन रक्षाका लागि पार्टी र प्रहरीमा पनि निबेदन दिदैछु”।
तर वाइसिएल राज्य समिति इन्चार्ज सागरले भने आफुँले कुनै धम्की नदिएको बताए। ‘मैले ती महिलालाई चिनेको , देखेको पनि छैन” उनले टेलिफोनमा भने–‘मैले त सभासद बस्यालसंग बुझेर कुरा मात्रै राखिदिएको हो”। प्रहरीले त काबार्ही गर्न नसकेको मान्छेलाई आफुँहरूले काबार्ही कसरी गर्ने उनले भने।
जेठी श्रीमती खिमा बस्यालले आफु संग एक बर्ष देखि नै सम्पर्क नभएको बताईन। आफुले युद्धका बेला साथ दिएको र १८/२० बर्ष लामो सम्बन्धलाई तोडेर एउटी ब्यापारी महिलाको पछि लागेपछि बिश्वास भंग भएको बताइन। ‘मेरो र पर्वतेली जनताको बिश्वास तोडेर महिलाको पछि लागेकोले मलाई केही थाहा छैन” उनले भनिन – ‘जे थाहा छ कान्छीलाई नै थाहा होला” । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया