
नेपालगन्ज- नेपालगन्जकी एक महिलालाई भारत लखनउ लगेर बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई अदालतले २९ वर्ष जेल सजाय फैसला गरेको छ ।
नेपालगन्ज न्युरोडस्थित श्रीनिवास होटलकी सञ्चालिका निर्मला श्रेष्ठको हत्या गरेको अभियोगमा नेपालगन्ज–६ का सोनु हल्वाईलाई जिल्ला अदालत बाँकेले २९ वर्ष कैद सजाय सुनाएको छ ।
मुद्दाका फरार अभियुक्त अक्रम हल्वाई र रफिक बेहनाको मुद्दा भने अदालतले मुल्तबीमा राख्न आदेश दिएको छ । अर्का अभियुक्त अनमोल अग्रवाललाई भने अदालतले सफाइ दिएको छ । जिल्ला अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले यस्तो फैसला गरेको हो ।
हल्वाईलाई हत्या गरेको अभियोगमा जन्मकैदबापत २० वर्ष र अपहरण गरी शरीर बन्धक बनाएबापत ७ वर्ष तथा संगठित अपराधबापत दुई वर्ष थप गरी २९ वर्ष कैद सजाय तोकिएको हो ।
अदालतको आदेशपछि हल्वाईलाई नेपालगन्ज कारागार चलान गरिएको छ । अभियुक्त अग्रवालको हकमा भने निजले आरोपित कसुर गरेको पुष्टि नभएकोले सफाइ पाउने ठहर फैसला भएको छ । ०६७ सालमा नेपालगन्जबाट अपहरण गरी हल्वाईलगायत तीनजना मिलेर श्रेष्ठलाई भारत लखनउको एक होटलमा लामो समय बन्धक बनाई बलात्कार गरेका थिए । ***
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, आषाढ १७, २०६९
प्रकाशित समय: ११:३८:१६