
काठमाडौं- चिनियाँ उच्चस्तरीय टोली संविधानसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे जानकारी लिन काठमाडौँ आइपुगेको छ ।
शुक्रबार राति काठमाडौँ आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री आई पिङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डलले शनिबार नै राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग छलफल गरेको छ । आई पिङ नेपाल चीन सम्बन्धमा बढी परिचित चिनियाँ राजनीतिज्ञ हुन् ।
यसअघि टोलीले शनिबार नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा एमाले अध्यक्ष झलनाथ खनालसँग भेटवार्ता गरेको छ । यस्तै टोलीले अन्य राजनीतिक दलका नेताहरूसँग पनि छलफल गर्ने बताइएको छ ।
छलफलमा चिनियाँ नेताहरूले राजनीतिक संकट समाधानका विषयमा चासो राखेका थिए । तीन दिने भ्रमणका क्रममा रहने नेताहरूले चीनविरोधी गतिविधि रोक्नेबारे सरकारको स्पष्ट धारणा माग गर्ने बुझिएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, आषाढ १६, २०६९
प्रकाशित समय: १७:३३:१२