Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025
लण्डन– संसारमा किशोरीहरूको मृत्युको सबैभन्दा ठूलो कारण कम उमेरमा गर्भधारण गर्नु रहेको बेलायती सहयोग संस्था  सेभ द चिल्डेनले  जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।
सो संस्थाका अनुसार सुत्केरी हुँदा हुने संक्रमण वा रोगका कारण करिब १० लाख किशोरीको मृत्यु हुने गर्छ । यो समस्याको सबैभन्दा ठूलो कारण गर्भनिरोधक औषधीसम्म उनीहरूको पहुंच नहनुलाई मानिएको छ । संसारका निकै धेरै मुलुकमा बाल विवाह वा किशोरी विवाह सामान्य छ । विवाहपछि उनीहरू गर्भवती हुन्छन्, तर शारीरिक रूपमा उनीहरू सन्तान जन्माउन तयार हुँदैनन् ।
लाइबेरियाको एउटा गरिब क्षेत्रको क्लिनिकमा सुत्केरी गराउन आउने किशोरीको उमेर १५ देखि १९ वर्षको बीचमा हुन्छ । केही त १३ वर्षका समेत छन् । सेभ द चिल्ड्रेनका प्रोजेक्ट म्यानेजर जर्ज किजानाकाअनुसार कम उमेरमा आमा बन्ने किशोरीमा विभिन्न प्रकारका चिकित्सकीय जटिलता देखा पर्छ ।
‘किशोरीको शरीर सन्तान जन्माउन सक्षम हुन आमाको उमेर १८ वर्षभन्दा कम भयो भने आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्छ,’ उनले भने । रिपोर्टका अनुसार विकासशील मुलुकमा ४० प्रतिशत जन्म इच्छाविनै हुन्छ । कहिले गर्भधारण गर्ने र कहिले बच्चा पाउने भन्ने निर्णय गर्ने लाखौं महिला परिवार नियोजनको सुविधाबाट वञ्चित छन् । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया