Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025

काठमाडौं –  बिक्रीवितरणका लागि ल्याइएको भालुको पित्त सहित प्रहरीले तीनजनालाई प्रहरीले राजधानीमा पक्राउ गरेको छ ।

राजधानीको गोंगबुस्थित लमजुङ थकाली गेस्ट हासमा लुकाएर राखिएको एक सय ८५ ग्राम भालुको पित्तसहित उनीहरुलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले बिहीबार नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा लमजुङ डोढेनीका कुमार लामा बाँझखेतका दीपक लामाङ र ट्रेकिङ काम गर्ने ओखलढुंगा पातलेका सूर्यबहादुर तामाङ रहेका छन् ।

दुर्लभ बन्यजन्तु तथा बनस्पतीको ब्यापार नियमन र नियन्त्रण गर्ने महासन्धिको अनुसूचीमा भालुसमेत परेकाले यस्ता बन्यजन्तुको अंगप्रत्यंगको बिक्री गर्नु भनेको गैरकानूनी हो । यस्ता अंगप्रत्यंगको कारोबार गर्ने तथा तस्कर गर्नलाई प्रहरीले खोजी गर्ने गर्छ । पक्राउ पर्ने तीन जनालाई कारबाहीको लागि जिल्ला बन कार्यालय काठमाडौंमा चलानी गरिएको थाहा भएको छ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया