
काठमाडौं-तपाई जथाभावी बसेर चुरोट खाने र फाल्ने सडकमा जहाँ पायो त्यही ठुटो फाल्ने गर्नुहुन्छ भने होसियार १ अब यसो गर्नुभयो भने तपाई दोहोरो जरिवानामा पर्नुहुन्छ । सरकारले सार्वजनिक स्थलमा चुरोट खानेलाई एक सय रुपैंया र जथाभावी ठुटो फालेर फोहोर गर्नेलाई पाँच सय रुपैंया जरिवाना गर्ने व्यस्था कडाईका साथ लागू गर्ने भएको छ ।
सार्वजनिक स्थलमा चुरोट खाने व्यक्तिलाई सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ अनुसार सय रुपैंया जरिवाना तथा चुरोट खाएर जथाभावी बट्टा ठुटो फाल्नेलाई काठमाडौं महानगरपालिका फोहोरमैला निष्कासन, संकलन तथा अन्तिम व्यवस्थापनसम्बन्धी निर्देशिका, २०६८ अनुसार पााच सय रुपैंया जरिवाना चोक, गल्ली, मुख्य सडक, सरकारी कार्यालय, सार्वजनिक स्थललगायतका स्थानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले तत्कालै दोषी व्यक्तिलाई नियन्त्रणमा लिएर तिराउन सक्नेछन् ।
सुर्तीजन्य पदार्थसम्बन्धी ऐनले सरकारी निकाय, कार्यालय, शिक्षण संस्था, पुस्तकालय, स्वास्थ्य संस्था, शिशु स्याहार केन्द्र, विमानस्थल, सार्वजनिक शौचालय, उध्ाोग कार्यस्थल, बालउद्यान, क्लब, वायुसेवा, बालकल्याण गृह, वृद्धाश्रम, अनाथलय, सिनेमा हल, मनोरञ्जन स्थल, होटेल, रिर्सोटलगायतमा धुम्रपान गर्न नपाउने व्यवस्था गरेको छ ।
त्यस्तै रेस्टुराँ, भोजनालय, चमेनागृह, लज, छात्रावास, रंगशाला, डिपार्टमेन्ट स्टोर, धार्मिक स्थललगायत स्थानमा पनि चुरोट प्रयोग गर्न नपाइने ऐनमा उल्लेख छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, आषाढ १५, २०६९
प्रकाशित समय: १:५६:४७