Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025
काठमाडौँ – प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व राजपरिवारका सदस्यहरूको सम्पत्ति खोजविनको कामलाई तदारुकताका साथ अगाडि बढाउन नेपाल ट्रष्टको कार्यालयलाई निर्देशन दिएका छन्। उनले पूर्व राजपरिवारको नाममा विदेशमा रहेका सम्पत्तिसमेत व्यवस्थितरुपमा खोज्न निर्देशन दिए।
आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाल ट्रष्टको आर्थिक वर्ष २०६७/२०६८ को वार्षिक प्रतिवेदन बुझ्दै उनले यस्तो निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीले भावी सन्ततिका लागि पनि त्यो सम्पत्ति साँस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहने भएकाले त्यसको जगेर्ना गर्न निर्देशन दिएको नेपाल ट्रष्टका सचिव श्रीधर गौतमले जानकारी दिए।
ट्रष्टअन्तर्गत रहेका सम्पत्तिहरूलाई आर्थिक उपार्जनको काममा लगाएर त्यसबाट आर्थिक विकास तथा बेरोजगार युवालाई रोजगारी दिनुपर्नेमा पनि प्रधानमन्त्रीले जोड दिएका थिए।
प्रधानमन्त्रीले पूर्व राजपरिवारको स्वदेश तथा विदेशका विभिन्न बैंकहरूमा रहेको नगद तथा स्वदेश तथा विदेशमा रहेका अन्य भौतिक सम्पत्तिको समेत तत्काल खोजविन गर्न निर्देशन दिएकोमा आफूहरुले त्यस कार्यमा इमान्दारिताका साथ लागिरहेको जानकारी गराएको प्रतिवेदन बुझाएपछि सचिव गौतमले जानकारी दिए।
सो अवसरमा ट्रष्टको तर्फबाट आफूले ट्रष्टको ऐन समय सापेक्ष बनाउन पहल गरिदिन प्रधानमन्त्रीलाई अनुरोध गरेको र प्रधानमन्त्री त्यसका लागि सकारात्मक रहेको समेत सचिव गौतमले जानकारी दिए।
ट्रष्टअन्तर्गत चारजना सञ्चालकहरू अझैसम्म पनि पूर्ति हुन नसकेको समेत ट्रष्टका तर्फबाट सचिव गौतमले जानकारी गराएका थिए।
यसैगरी पूर्व राजा तथा राजपरिवारको सदस्यहरूको सम्पत्ति खोज्नका लागि सहयोग गर्ने स्थानीय जनता र जानकारहरूलाई सम्पत्तिको बारेमा जानकारी दिँदा त्यसबापत दिइने भनिएको प्रोत्साहनमा पनि प्रष्टताको आवश्यकता रहेकामा त्यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो।
प्रतिवेदनमा ट्रष्टले आर्थिक वर्ष २०६७/६८ मा गरेका काम कारबाहीको विवरण समेटिएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया