कास्की- एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले प्रधानमन्त्री बाबुराम भट्टराईमा तानशाहवाद हाबी भएको बताएका छन् ।
एमाले अञ्चलस्तरीय गण्डकीको बिहीबार पोखरामा भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले त्यो माओवादीको दिवास्वप्न मात्रै हुने जनाए ।
‘जेठ १४ को मध्यरात सम्म देशमा माओवादीले उत्पात मच्चायो’ ओलीले भने, ‘संविधान जारी नहुने र सत्ता कब्जा गर्ने माओवादीको खेल सफल भयो ।’ सबैले उचालेर माओवादीले संविधान बन्न नदिएको ओलीको कथन थियो ।
पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा माओवादीलाई कटाक्ष गरेका ओलीले माओवादीले अझै पनि हत्याको शृङ्खला जारी राखेको र हत्याको मुद्दा फिर्ता गराउने निकृष्ट काम गर्दै आएको आरोप लगाए ।
एमालेमा जातीयता उचालिने अवस्था छैन’ ओलीले भने, ‘विदेशीले जति बेलुन फुके पनि अब एमालेभित्र केही हुने वाला छैन ।’ उनले ४० प्रतिशत पुर्याएर पार्टी फुटाउने प्रयास भए पनि त्यो असफल भएको स्मरण गरे । ***