
उनले नेपालमा अहिले संघीयता सम्भव नभएको भन्दै आफूले एमालेलाई संघीयताबाट ब्याक गराउन बहस सृजना गर्ने बताए ।
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा नेपालले नेपाल आफै बँाच्न सक्ने गरी आत्म निर्भर भएपछि संघीयताको विषयमा सोच्न सकिने भन्दै सामान्तबादी , पुजिपतिबादीले मात्रै संघीयता मागेको दावी गरे । संघीयताको तिक्तताले नेपालीमा जनतामा विग्रहमा ल्याउँने चेतावनी दिदै आर्थिक सामाजिक राजनीतिक खर्च ले मुलुकमा संघीयता कुनै पनि हालतमा धान्न नसक्ने बताए । उनले संघीयताले मुलुकका राजनीतिक पार्टीहरु फुट्ने छिन्न भिन्न हुने भन्दै देशलाई नै विसंगती तीर लैजाने ठोकुवा गरे ।
प्रमले माघ १९ दोहोरिन्छ भन्नु गलत भएको भन्दै उनले मुलुकमा अहिले संसद र पूर्ण सरकार नभएको र मुलुक आफै चलेको अवस्थामा अवस्ता त्यस्तै रहेको बताए । कामचलाउ सरकारको राजिनामा माग्नुको कुनै औचित्य नभएको भन्दै उनले गोलमेच सम्मेलनमा वा रुपान्तरित संसदले बाँकी काम गर्ने गरी अगाडि बढ्नु पर्ने तर्क गरे । उनले भने- प्रधानमन्त्रीले सबै दललाई बोलाएर, प्रधानमन्त्रीको उमेदवार मागेर कुर्सी छाड्नु सबैभन्दा उपयूक्त विकल्प हो ।
उनले नेपालमा कुनै पनि खाले तानाशाह टिक्न नसक्ने दावी गर्दै प्रधानमन्त्रीले पद त्याग नगरे उनको हालत पनि ज्ञानेन्द्रको जस्तै हुने चेतावनी दिए । उनले भने- म बाबुरामको ठाँउमा भएको भए सबै काम एक दिनमा मिलाउने थिए । उनले संविधानसभा नेपालको ईतिहासमा कहिले पनि नदोहोरियोस भन्ने कामना समेत साक्षात्कारमा गरेका थिए ।