Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025
काठमाडौ- पर्यटन तथा नागरिक उड्ययन मन्त्री पोष्टबहादुर बोगटीले नेपाली काँग्रेस र नेकपा एमालेको कारण प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको आयू लम्बिएको दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा एकीकृत नेकपा माओवादीका सचिव समेत रहेका बोगटीले कुनै पनि राजनीतिक निकासको विषयमा कुरा गर्दै नगरेर खाली प्रधानमन्त्रीको राजिनामा मात्रै मागेकोले सहमति बन्न नसक्दा प्रधानमन्त्रीको आयू लम्बिएको बताए ।
साक्षात्कारमा उनले भने- सरकार टिकिरहनुको दोषि एमाले र काँग्रेस हुन । काँग्रेस र एमाले संबादमा नआएकोले सरकारको आयू लब्बिएको हो ।  विकल्पको प्रधानमन्त्रीको उमेदवार लिएर आए प्रधानमन्त्री एक दिन पनि पदमा बसिरहनु हुन्न । अब यो सरकारलाई कति चल्न दिने भन्ने कुरा एमाले काँग्रेसको हात ।
बोगटीले नेपाली काँग्रेसको नेतृत्व माओवादीले समेत पहिला नै स्विकारी सकेको स्पष्ट पार्दै संघीयता सहितको संविधानमा सहमति भए प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्कालै सरकार छाड्ने स्पष्ट पारे । उनले भने- सहमति विना मुलुकले निकास पाउँदैन । अहिले सरकार बदलेर मात्र निकास निस्कदैन । सबै विवादित विषयमा सहमति जुटाउनु पर्छ । सरकार ठूलो कुरा होईन ।
मुलुकको राजनीतिक, आर्थिक र सामाजिक विकासकोलागी संघीयता अतिआवशयक रहेको भन्दै बोगटीले सरकारले पूर्ण आकारकै बजेट ल्याउने दावी गरे । उनले पार्टीको आगामि साउन १ गते बस्ने विस्तारित बैठकले पार्टीको रिक्त पद पूर्तिका साथै नयाँ पद बाडफाड गर्ने जानकारी समेत साक्षात्कारमा दिए ।
लुम्बिनी भ्रमण वर्ष सरकारले भब्य रुपमा मनाउने तयारी गरिरहेको भन्दै उनले छिट्टै बृहद रुपमा सर्वपक्षीय बैठक बसेर लुम्बनी वर्षको सफलताको योजना बनाउने बताए ।
भ्रमण वर्षलाई सफल बनाउन सरकार नयाँ जहाज ल्याउने विषयमा समेत लागिपरेको जानकारी दिदै मन्त्री बोगटीले  संसद नभएको अवस्थामा दलहरुवीच सहमति गरेर जहाज ल्याउने तयारीमा आफू जुटेको बताए । उनले पर्यटन वोर्डको सिओ नियूक्तीकोलागी समेत प्रक्रिया सुरु भईसकेको जानकारी दिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया