Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – अर्घाखांची जिल्ला धारापानी गाबिस फलामखिल्ली घर भै हाल टोकियो आसागयामा बस्दै आएकी अमृता थापाले गएराती बाथरुममा झुण्डिएर आत्महत्या गरेकीछिन् ।

११ महिना अघि जापान आएकी २५ बर्षिय अमृताले गएराती आफ्नै कोठाको बाथरुममा झुण्डिएर आत्महत्या गरेको उनका आफन्त धनु थापाले बताए ।

४ बर्ष अघि जापान आएका रेष्टुरेन्ट क्षेत्रमा रोजगाररत अमृताका श्रीमान चेतनारायण थापा र उनकी श्रीमती अमृता आसागयामा बस्दै आएका थिए । गएराती श्रीमान चेतनारायण कामबाट फर्केपछि थापा दम्पतीबिच सामान्य बिबाद भएपनि गम्भीर समस्या भने केहि नभएको बताईन्छ । श्रीमानले बाहिर बसेर साथीभाईलाई फ़ोन गरिहरेको अवस्थामा श्रीमती अमृताले बाथरुममा झुण्डिएर आत्महत्या गरेको थाहा भएको छ ।

मृतक अमृताको शव अहिले स्थानिय प्रहरीले जिम्मा लिएको छ भने  श्रीमान चेतनारायणलाई पनि प्रहरीले नियन्त्रणमा लिएकोमा भोलिपल्ट छोडिदिएको छ ।  थापा दम्पतीका नेपालमा एउटी ९ बर्षिय छोरी छिन् ।

घटनाको पछिल्लो प्राप्त विवरणअनुसार पोष्टमार्टमको अन्तिम रिपोर्ट अझै प्राप्त हुन छैन ।  मृतक अमृताको घर तथा माईती पक्षका पारिवारिक सरसल्लाहमा उनको अन्तिम सँस्कार जापानमै गरिने भएको छ ।

लाऊं, लाऊं- खाऊं खाऊं भन्ने उमेरकी श्रीमान संगै जापानमा रहेकी अमृताले के कति कारणले आत्महत्याको बाटो रोज्न पुगिन, त्यसले भने धेरैमा कौतुहुलता जगाएको छ ।

पछिल्लो समयमा जापानमा नेपालीहरुको निधन हुने क्रम बढिरहेको छ । केहि हप्ता अगाडि मात्र म्याग्दीका बालकुमार बानियाको हेपाटाइटिस ‘बि’ का कारण नाकानो अस्पतालमा निधन भएको थियो ।


तपाईको प्रतिक्रिया