Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025
झापा- झापाको दक्षिणी गाविस जलथलका एक व्यक्तिले बु्धबार दिँउसो धारीलो हतियार प्रहार गरी आˆनै श्रीमती र तीन महिने छोरीको हत्या गरेका छन । हतियार प्रहारवाट गम्भिर घाइते भएका चार वर्षीय छोराको उपचार भइरहेको छ ।
परिवारका सबै सदस्यहरुको हत्या गर्ने उदेश्यले आक्रमण भएको हुनसक्ने र यसको कारण भने अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएकोछ ।
जलथल-४ का ३४ वर्षीय शोभा मनिपुरे (ठोक्तेन)ले श्रीमती ३० वर्षीया रेभीका र तीन महिने छोरी सुनीताको धारिलो हतियार प्रहार गरी हत्या गरेकेा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी तारणीप्रसाद लम्सालले बताउनु भएकोछ ।
दिउसो साढे ११ वजेतिर घरमै मनिपुरेले श्रीमती र छोराछारीलाई हतियार प्रहार गर्दा छोरीको घट्नास्थलमै र श्रीमतीको उपचारका क्रममा भद्रपुरमा मृत्यु भएकेा प्रहरीले जनाएको छ ।
गम्भिर घाइते छोरा अरुणको भद्रपुर स्थित ओमसाई पाथीभरा अस्पतालमा उपचार भइरहेको छ ।गम्भिर घाइते अरुणको अवस्था पनि चिन्ताजनक रहेको अस्पतालका स्वास्थ्यकर्मीहरुले जनाएकाछन् ।घट्ना लगत्तै मनिपुरे फरार भएका छन् ।श्रीमती रेभीकाको टाउको क्षतबिक्षत रहेको प्रहरीको भनाई रहेकोछ ।
भारतमा वस्दै आएका मनिपुरे दुई महिना अघि जलथलस्थित घर आएको र हत्या किन गरेको भन्ने नखुलेको एसपी लम्सालले जनाउनुभयो । लम्सालले भन्नुभयो ‘घटनाको कारण खुल्न सकेको छैन,हामि घटनाको अनुसन्धानमा जुटेका छौ।’
श्रीमती र छोरीको हत्या गरि फरार भएका मनिपुरेको खोजतलासका लागि प्रहरी खटायएको लम्सालले जानकारी दिनुभयो । मनिपुरेले श्रीमती र छोराछोरीलाई टाउको तथा शरीरभरी धारीलो हतियारले प्रहार गरी क्षतबिक्षत बनाएको पाइएको लम्सालले बताउनुभयो। स्थानीय गाँउलेहरुले हत्याको कारण बारे थाहा नपाएको बताएकाछन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया