
काठमाडौं–कांग्रेस नेता मिनेन्द्र रिजालले मुलुकलाई विमतिको बाटोमा धकेल्ने प्रधानमन्त्रीलाई बहिर्गमन नगरुन्जेल अहिलेको निकास ननिस्कने बताए ।
आज रिपोर्टस क्लब नेपालको साक्षत्कारमा बोल्दै उनले भने– ‘बाबुरामपथ भनेको हाम्रो बाटोमा आऊ सहमति हुन्छ भन्ने हो । कांग्रेस बाबुरामपथमा कदापि हिँड्दैन,’ उनले भने– कामचलाउ प्रधानमन्त्रीले बोलाएको सेना समायोजन विशेष समितिको बैठकमा कांग्रेस, एमाले जाँदैनौं । बाबुराम सत्ता लम्ब्याउने नाटक रच्दै छन् ।
बाबुराम भट्टराई भन्ने नाम कपट र षड्यन्त्रको पर्यायवाची भएको आरोप रिजालले लगाए ।
‘प्रचण्ड र बाबुरामले सत्ता कब्जाका लागि नियोजित तरिकालेसंविधानसभा भंग गरेका हुन् । नयाँ चुनाव सत्तामा बसिरहने काइते दाउ हो,’ उनले भने– यस्तै रहने हो भने हामी उनलाई पूर्व राजा ज्ञानेन्द्रको हालतमा पु¥याइदिन्छौं ।
सरकारको विकल्प दिन कांग्रेस तयार रहेको उनले बताए । ‘प्रधानमन्त्री उम्मेदवारका रुपमा कांग्रेस सभापति सुशील कोइरालाको नाम अगाडि आउनु स्वाभाविक हो,’ उनले भने– पार्टीले चाँडै निर्णय गर्छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, आषाढ १३, २०६९
प्रकाशित समय: १९:३३:११