Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

काठमाडौ – बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री एलन डङ्कन नेपालको तीनदिने औपचारिक भ्रमणका क्रममा मंगलबार आइपुगेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त कुरा गर्दै उनले नेपालको गरिबी न्यूनिकरणमा आफ्नो मुलुकले गरेको सहयोगको समिक्षाका साथै भावी रणनीति तय गर्न भ्रमण फलदायी हुने बताए ।
नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै भेटेर राजनीतिक सहमतिमा पुग्न उनीहरूलाई अनुरोध गर्ने उल्लेख गर्दै उनले विकास परियोजनामा सघाइरहेका बेलायती संघसंस्थाका प्रतिनिधिसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बताए ।

बेलायतले जलवायु परिवर्तन, मानवअधिकार, विकास, रक्षा, द्वन्द्वपीडितलाई सहयोग, अभिव्यक्तिको स्वतन्त्रता, कानुनी सुधार, समावेशी संविधानका निम्ति सहयोगका साथै स्वास्थ्य, शिक्षा, दण्डहीनताको अन्त्यलगायत क्षेत्रमा आर्थिक एवम् प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ ।

सन् १८१६ मा नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपालको सामाजिक, आर्थिक विकासमा उक्त मुलुकले उल्लेख्य सहयोग गर्दै आएको छ ।

बितेका दुई वर्षमा राज्यमन्त्री डङ्कनको यो तेस्रो भ्रमण हो । उनलाई नेपालका लागि बेलायती राजदूत जोन टकनट, यहाँस्थित बेलायती दूतावास र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए । ***

 

तपाईको प्रतिक्रिया