Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

काठमाडौं – नेपालका आशिष बस्नेतले एक मिनेटमा सबैभन्दा धेरै वस्तु सम्झेर तेज स्मरण विधामा गिनिज बुक अफ दी वल्र्ड रेकर्डमा दाबी गर्नुभएको छ। भारतका किसन कुमारले सन् २०११ मा राखेको कीर्तिमानलाई आशिषले आइतबार तोड्नुभएको हो।

भारतका किसनले एकै ठाउँमा क्रमबद्ध रूपमा राखिएका २० वटा वस्तु एक मिनेटमा हेरेर स्मरण गरी कीर्तिमान बनाउनुभएको थियो। आइतबार शिक्षामन्त्री दीनानाथ शर्माको उपस्थितिमा एक मिनेटमा क्रमबद्ध मिलाइएका २३ वटा वस्तु स्मरण गरेर किसनको कीर्तिमान आशिषले भंग गर्नुभएको छ ।

यो कीर्तिमान स्वीकृतिका लागि आवश्यक सामग्री गिनिज बुक अफ दी वल्र्ड रेकर्डस्को कार्यालयमा पठाउने आयोजकले जनाएको छ। स्वीकृतिपछि उहाँ विश्वमै सबैभन्दा तेज स्मरणशक्ति भएको व्यक्तिका रूपमा परिचित हुनुहुनेछ। सो अवसरमा शिक्षामन्त्री दीनानाथ शर्माले राष्ट्रको शान र गौरव बढाउने व्यक्तित्वको सम्मान र प्रेरणाका लागि नयाँ निर्देशिका आउन लागेको जानकारी दिनुभयो । ***

तपाईको प्रतिक्रिया