काठमाडौं – ब्राजिलको रियो दि जेनेरियोमा भएको वातावरण तथा दिगो विकाससम्वन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्कनुभएको छ ।
भट्टराई जेट एअरवेजको बिमानबाट दिउँसो २:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लमा ओर्लनु भएको हो । सम्मेलनका क्रममा प्रधानमन्त्री भट्टराईले राष्ट्रसंघका महासचिव वान कि मुन, भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह लगायतसँग भेटवार्ता गर्नुभएको थियो । विपक्षी दलहरुको अवरोधलाई छल्दै प्रधानमन्त्री भट्टराई २४ सदस्यीय टोली लिएर गत सोमबार ब्राजिल प्रस्थान गर्नुभएको थियो ।
यसैवीच प्रहरीले प्रतिपक्षी दलहरुले प्रधानमन्त्रीको विरोध गर्दै विमानस्थल बाहिर प्रर्दशन गरिरहेका २५ विद्यार्थी पक्राउ गरेको छ । ***