Deneme Bonusu Veren Siteler
बुधबार, भाद्र २६, २०८१
Wednesday, September 11, 2024

सौल – आइतवार  सुदूरपश्चिम समाज दक्षिण कोरिया, नमस्ते पाल्पा परिवार दक्षिण कोरिया र कोरियामा रहेको नेपाली अनलाईन पत्रिका द नेपाल कोरिया डट कमले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सगरमाथा सम्बन्धी भारतीय राजदूत विष्णु प्रकाशको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रकाशले सगरमाथा भारत र चीनको सीमामा पर्ने अभिव्यक्ति दिएका थिए ।

जारी विज्ञप्तिमा सगरमाथा भारतमा पर्छ भन्ने भारतीय राजदूतको अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता र नेपालको गौरवता माथि नै प्रश्न चिह्न उठाएको बताउँदै कोरिया स्थित नेपाली राजदूताबासलाई कुनै पनि हिचकिचाहट नगरी यस विषयमा आगाडि बढ्न आग्रह गरिएको छ । कोरियामा रहेको नेपालीहरुको संस्था सुदूरपश्चिम समाज दक्षिण कोरिया, नमस्ते पाल्पा परिवार, दक्षिण कोरिया र कोरियामा रहेको नेपाली अनलाईन पत्रिका द नेपाल कोरिया डट कमले आफ्नो देशको सार्वभौमसत्ता र नेपालको गौरवता माथि यदि कसैले प्रश्न चिह्न खडा गर्छ अथवा आँच आउने काम गर्छ भने जस्तोसुकै मुल्य चुकाउन परे पनि पछि नहट्ने बताइएको छ ।

साथै विज्ञप्तिमा, दक्षिण कोरियामा रहेका सम्पूर्ण संघसंस्था, विधार्थी, पत्रकार, व्यबसायी र सम्पूर्ण कोरियाबासी नेपालीहरुलाई आफु एक्लै केही गर्न नसकिने हुँदा सबै नेपाली एक जुट भई कोरिया स्थित नेपाली राजदूतावासलाई साथ दिई आगाडि बढ्न आग्रह गरिएको छ ।

कोरिया टाइम्सको जुन १० को अंकमा “किन कोरियन पर्यटक भारत जाने ? ” भनेर सोधिएको प्रश्नमा प्रकाशले “भारतको उत्तरपूर्वी भाग चीनसँगको सीमानामा सुन्दर र आकर्षक सगरमाथा छ ।” भन्ने अभिव्यक्ति दिएका थिए । ***

 

तपाईको प्रतिक्रिया